वैशाख, १४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ४५२४ जनामा कोरोना जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।







