वैशाख, १८ काठमाडौं । भारतमा कोरोना संक्रमण झनै उग्ररुपले बढ्न थालेको छ । पछिल्लो विवरण अनुसार भारतमा एकैदिन ४ लाख २ हजार १ सय १० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन ३५ सय २२ जनाको मृत्यु भएको छ ।
यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ८ सय ३५ पुगेको छ ।







