नेकपाका प्रवक्ता श्रेष्ठले गठन गरे कोभिड-१९ स्वयम् सेवा टिम

२८ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ स्वयंसेवा टिम गठन गरेका छन् ।

श्रेष्ठको निजी सचिवालयअन्तर्गत कोभिड–१९ स्वयंसेवा (सिभिएस) टिम गठन गरीएको हो ।

गठित टिमले कोभिड उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने, मनोसामाजिक परामर्श दिने,आपतकालीन स्वास्थ्य परामर्श, आप्रबासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समन्वय तथा सहयोग गर्ने, कोभिड–१९ बारे सचेतना लगायतका काम गर्ने सचिवालयले जनाएको छ ।

सिभिएसले नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी नीति, योजना र निर्देशलाई मुल मार्गदर्शन मानी कार्यान्वयनमा सहयोग पुर्‍याउने सचिवालयले जनाएको छ ।