बाबुराम भट्टराईको प्रस्तावः वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा संयुक्त सरकार बनाऔं, एक वर्ष भित्र चुनाव गरौं !

वैशाख, २९ काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार गठन गरेर चुनाब गर्नुपर्ने धारणा राखेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै देशको सङ्कट हल गर्न भन्दै नयाँ प्रस्ताव गरेका हुन् । उनी समेतले नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने गरी तयारी गरिरहेको बेला वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउन सकिने उनको प्रस्तावलाई उनको यु टर्नको रूपमा अर्थाइएको छ । उनले संयुक्त सरकार बनाएर एक बर्स भित्र चुनाव गराउनु पर्ने बताएका छन् ।

भट्टराई ले धारा ७६(२) बमोजिम सबै दलको सहभागितामा सरकार बनाउने र उक्त सरकारको नेतृत्व वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकले गर्न पर्ने बिचार व्यक्त गरेका हुन ।