वैशाख, ३१ काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा(एमाले) लाई बधाइ दिदै माओवादी केन्द्रले विरोध गर्न समय नफाल्ने प्रतिक्रिया दिएका छन् । आज समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले त्यस्तो प्रतिक्रिाय दिएका हुन् ।
एमालेकै नेतृत्वमा फेरि सरकार गठन भएपछि त्यस्तो धारणा सार्वजनीक गर्दै उनले भनेका छन–‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन।’








