झापाका प्रवासी विशाल भारती, जो नेपालीको हरेक विपत्तिमा साथ दिन तयार छन्

विपुल अधिकारी

वैशाख, ३१ काठमाडौं । पढाईको शिलशिलामा १५ वर्ष अघि अमेरिका गएका विशाल भारती नेपालीहरुको पिडामा मलम पट्टी लगाउन कुनै कसर बाँकी छोड्दैनन् ।

झापा जिल्लाको झापा गाँउपालिका–४ टागनडुब्बाका भारती जहाँ दुःख देख्छन त्यहाँ कसरी हुन्छ सहयोग गर्न कुनै पनि कसर बाँकी राख्दैनन् । अमेरिकाको नर्थ क्यारोलिना राज्यको हाइ पोइन्ट शहरमा वेल्स फारगो बैंकको एसिसेन्ट भाइस प्रेसिडेन्ड रहेका उनले नेपालका विभिन्न स्थानमा रहेका र दुःख र पिडामा भोगिरहेका नेपालीहरुलाई विभिन्न सहयोग गर्दै आएका छन् । उनी बैंकमा पनि व्यस्त हुन्छ तर पनि नेपाली दाजुभाइहरुको लागि भनेर समय निकाल्न गरेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिना राज्यको एन आर एन उपाध्यक्षसमेत रहेका उनले नेपालमा कोभिड–१९ का कारण अक्सिजन र स्वास्थ सामग्री अभाव भएको खवरले उनलाई अहिले निन्द्रा लागेको छैन । उनले नेपालमा अक्सिजन सिलिन्डर र अन्य सामाग्री खरिदका लागि भन्दै प्रवासमा रहेका नेपालीहरुमा अभियाननै चलाएर रकम जम्मा गर्न थालेका छन् ।

२ हजार डलर संकलन गर्ने लक्ष लिएका भारतीले २ दिनमै ४ हजार डलर भन्दा बढी संकलन गरेको र अन्य रकम उठ्ने क्रम जारी रहेको बताएका छन् । उनले हाम्रो पत्रिकासँग कुरा गर्दै भनेका छन्–‘नेपालमा अक्सिजन अभावमा नेपालीहरु छटपटिएको अवस्था छ, मैले पनि यो समाचार सुन्न सकिरहेको छैन । मलाई निन्द्रासमेत लागेको छैन । म अहिले नेपालीहरुका लागि पैशा जम्मा गर्दै छु । चाडै पैसा संकलन हुन्छ । यहाँका साथिभाइको सक्रियताले १० हजार डलर जम्मा गर्न सकिन्छ भन्ने अनुमान लागएको छु ।’

उनी भन्छन्– ‘रकम संकल भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज कोभिड वार्डका चिकित्सकहरुसँगको समन्वयमा छिटो भन्दा छिटो स्वास्थ सामग्री र उपकरण खरिदका लागि पठाउने छु । यसका लागि लागि परेको छु । मैले सक्ने जति कुनै कसर बाँकी राख्दिन । ’
समाज सेवामा तल्लिन भारती अहिले मात्र हैन नेपालमा पहिलो लहरको कोभिडका कारण ‘लकडाउन’ हुँदा समेत सहयोग गरेका थिए । उनले खाद्य सामग्री तथा स्वास्थ सामग्री खरिदका लागि त्यस समयमा पनि आर्थिक सहयोग गरेका छन् ।

त्यति मात्र हैन नेपालमा गएको महाभुकम्पको समयमा समेत धेरै आर्थिक सहयोग गरेका छन् ।
उनले विभिन्न कारणले पढ्न नपाएका विपन्न, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरेका छन् । झापा, काभ्रे, चितवन, रौतहट, मकवानपुर, धनकुटा, पर्सा, धादिङ, नुवाकोटलगायतका विभिन्न जिल्लाहरुमा उनले सहयोग गर्दै आएको बताएका छन् ।
उनी समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न प्रतिबद्ध भएको बताउछन् ।