काठमाडौं, ३१ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ आज पदभार ग्रहण गरेका छन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ तथा मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गरे ।
पदभार ग्रहण गर्दै उनले नागढुंगा-टंकेश्वर सडकका लागि बजेट व्यवस्थापन सम्बन्धि फाइलमा हस्ताक्षर गरे ।
उनले पदभारपछि कर्मचारीहरुलाई निर्देशन दिनु हदै आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको कार्य भइरहेकाले स्वास्थ्य प्रोटोकल पालना गर्दे कामलाई तीव्रता दिन आग्रह गरे । उनले भने आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने हाम्रो दायित्व छ । नयाँ नयाँ कामको व्यवहारिक ढंगले पहिचान गर्नेछौ । स्वास्थ्य प्रोटोकल पालना गर्दै आआफ्नो जिम्मेवराीमा लाग्नुहोला । सहि योजना र बजेट व्यवस्थापन हुन सके अर्को आर्थिक बर्षमा त्यसले राम्रो प्रतिफल दिन्छ ।
उनले आफु मन्त्रीको रुपमा मात्र नभएर एउटा असल राजनीतिक नेतृत्व र आत्मिय साथीको रुपमा रहने बताए । उनले भने–आफु जति समय मन्त्रालयको नेतृत्वमा रहन्छु पुरा जोस जाँगर सहित काम गर्नुहोस । म सहि नेतृत्व र साथ दिनेछु । एउटा मन्त्रीको रुपमा मात्र नभएर एउटा राजनीतिक नेतृत्व गर्ने आत्मिय साथीको रुपमा दिलमा राख्नुहोस । संगठित रुपमा प्रयास गरे देश र जनताको लागि धेरै गर्न सकिन्छ ।
उनले असल नियतका साथ काम गर्ने क्रममा मानवीय त्रुटि हुने र त्यस्तो अवस्थामा आफ्नो तर्फबाट साथ दिने कार्यमा कुनै कसर बाँकी नराख्ने समेत बताए ।
मन्त्री नेम्बाङ्गले विगतमा मन्त्रालयको नेतृत्वमा रहँदा कर्मचारीबाट साथ, सहयोग, इमान्दारीता र दक्षताहरु प्रर्दशन गर्दै एउटा परिवारका रुपमा अगाडी बढेको र त्यसलाई निरन्तरताका साथ अघि बढ्नु पर्ने बताए ।
काठमाडौं, ३१ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्ग ज्यूले आज पदभार ग्रहण गरेका छन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ तथा मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गरे ।
पदभार ग्रहण गर्दै उनले नागढुंगा(टंकेश्वर सडकका लागि बजेट व्यवस्थापन सम्बन्धि फाइलमा हस्ताक्षर गरे ।