माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

जेठ, १ गोरखा। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले स्वास्थ्य तथा जनसंख्याको मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा ५०० थान सर्जिकल मास्क, २०० थान पिपइ सेट, ३०० जोर ग्लोव्स, ३५ लिटर स्यानीटाइजर, एन्टीजेन किट १०० पिस, एन नाइन्टी फायव मास्क ५० पिस, फेस सिल्ड ५०, पिस भेन्टुरी मास्क ५ पिस उपलब्ध गराएका हुन्।

उनले केही दिन अघि मात्र गोरखा अस्पालतको निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा अस्पालले सामग्र िमाग गरेको थियो । सोहि अनुरुप उनले तत्कालका लागि उक्त परिमाणको सामग्री उपलब्ध गराएको बताएका छन्। एन्टिजेन किट लगायतका सामग्री सकिएर दैनिक काममा समस्या परेका बेला सामग्री प्राप्त भएकाले बिरामीको सेवामा सहयोग पुगेको अस्पतालले जनाएको छ।

यसैगरी श्रेष्ठको पहलमा उनकै सचिवालय अन्तर्गत रहनेगरी गठित कोभिड–१९ भोलेन्टर सर्भिसले आम नागरिकको सेवामा सहयोग पुर्याउनका लागि काठमाडौंमा एक निशुल्क गाडीको व्यवस्थापन गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट सहितको यो विषम परिस्थितिमा सामान्य लक्षण देखापरेको तर लकडाउनको कारण सिसीआर टेस्टको वा कोभिड भई उपचारको लागि हस्पिटल जान नसकेका तथा उपचारपश्चात् घर फर्कने विरामीका लागि काठमाडौ उपत्यकाभित्र रहेका नागरिकलाई सहयोग होस् भन्ने उद्देश्यले उक्त साधन संचालनमा ल्याइएको गठित समितका संयोजक इन्द्रराज भट्टराईले बताए।

समस्यामा परेका व्यक्तिहरुले उक्त सेवा प्राप्त गर्न तल उल्लेखित नम्बरहरुमा सम्पर्क गर्न भनिएको छ ।
इन्द्रराज भट्टराई –९८५१०६०५८८,
उत्तर कुमार श्रेष्ठ – ९८५११५९२०३