जेठ, १ काठमाडौं । सुर्य नेपालको सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्ध प्रयोग गरिने स्वास्थ्य सामग्री पूर्व गण्डकी बोर्डिंग स्टुडेन्ट एशोसिएसन (एग्बोसा–काठमाडौं) ले हस्तान्तरण गरेको छ ।
शुक्रबार एग्बोसा काठमाडौंले ७५ लाख रूपैयाँ बराबरको उक्त स्वास्थ्य सामाग्री त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र निजामती अस्पताललाई हस्तान्तरण गरेको हो। एग्बोसा काठमाडौंका प्रेसिडेन्ट डा. सुजिता हिराचनले त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।
एग्बोसा काठमाडौंको कोभिड रिलिफका संयोजक डा. दिपक मल्लले राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेल र निजामती अस्पतालका निर्देशक डा. विधाननिधी पौडेललाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएको सामग्री डिस्पोजेबल र पुनः प्रयोग योग्य पीपीई तीन हजार पिस, पल्स अक्सिमिटर १५०, सर्जिकल ग्लोभ ५४० बक्स, एननाएनटीफाइभ मास्क १५ सय पिस, सर्जिकल मास्क १५ सय बक्स र फेस शिल्ड १५ सय पिस रहेको छ।







