थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ४८८ जना निको भए

१८७ जनाले ज्यान गुमाए

जेठ, १ काठमाडौं । पछिल्लो विवरणअनुसार नेपालमा वितेका २४ घण्टामा थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् ।