राष्ट्रियसभा उपनिर्वाचनः खिमलाल देवकोटा विजयी

जेठ, ६ काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी बनेका छन् ।

नेकपा एमालेका उम्मेदवार एवं गृहमन्त्री रामबहादुर थापा लाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

मतदानपछि भएको निर्वाचनमा देवकोटा ५०८८ मतभारसहित विजयी भए । बादलले ४०१३ मतभार प्राप्त गरे । नेपाल मजदुर किसान पार्टीका उमेद्वार कृष्ण महर्जनले १३२ मतभार प्राप्त गरे ।