जेठ, ७ काठमाडौ. । जनता समाजवादी पार्टी (जसपा)का महन्त ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता राजेन्द्र महतोले विहान ११ बजे दलको बैठक बोलाएका हुन् ।
आजको बैठकमा बिहीवारबाट नेपाली राजनीतिमा विकसित नयाँ घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि बसेको महन्थ ठाकुर पक्षधर सांसदको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।
बैठकमा बाबुराम भट्टराई – उपेन्द्र यादव पक्षका सांसदहरुलाई भने नबोलाइएको स्रोतले जनाएको छ ।







