कोरोनाः थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार ८४८ उपचारपछि निको भए

जेठ, ८ काठमाडौं । नेपाल पछिल्लो २४ घण्टाको विवरण अनुसार थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पिसिआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ५९१ र ३८९ मा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ८४८ उपचारपछि निको भएर घर फर्किएका छन्।

हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ।

हालसम्म २८ लाख ९७ हजार ५०३ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कारोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ।

यस्तै गत २४ घण्टामा थप १२९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ।

आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० रहेको छ।

मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन्।

दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख १४ हजार २५३ पुगेको छ।