१७ जेठ, काठमाडौं । विदेशमा रहेका नेपालीलाई फर्काउनेबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ ।
प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्नेछ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शुक्रबारको बैठकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा एक सातादेखि १० दिनभित्र ल्याउने निर्णय गरेको थियो ।
तत्कालका लागि २५ हजारलाई मात्रै फर्काउने निर्णय उच्चस्तरीय समितिको छ । उच्चस्तरीय समितिको निर्णय सरकारले मन्त्रिपरिषदबाट अनुमोदन गरेपछि लागू हुन्छ ।
गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र नागरिकको व्यवस्थापनसम्बन्धी कायविधि पारित गरेको थियो । सोही कायविधिअनुसार नेपाली श्रमिकहरुको उद्धार प्रक्रिया अगाडि बढाएको हो ।
प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका विदेशमा रहेका नेपालीहरुलाई फर्काउने बाहेक अन्य विषयमा पनि छलफल हुनेछ ।
मन्त्रालयत विभिन्न एजेण्डाहरु समेत रहेको जनाइएको छ ।
एक मन्त्रीका अनुसार शनिवारको मन्त्रिपरिषदको बैठकको एउटा एजेण्डा संविधान संशोधान विधेयकलाई अगाडि बढाउने सन्दर्भमा पनि छ ।







