पाँचथर समाज काठमाडौंको ‘पाँचथरेली बचाउ’ अभियानमा हालसम्म १० लाख बढी रकम संकलन

जेठ, १७ काठमाडौं । कोभिड–१९ विरुद्धको ‘पाँचथरेली बचाउ’ अभियान अन्तरगत पाँचथर समाज काठमाडौं नेपाल तयार पारेको सहयोग कोषमा रकम जम्मा काम जारी छ ।
समाजले सञ्चालन गरेको कोषमा हालसम्म १० लाख बढी रकम जम्मा भइसकेको छ । समाजले पाँचथर जिल्लामा कोरोना संक्रमणबाट बच्न बचाउन स्वास्थ सामग्री खरिद गर्न साथै संक्रमित र मृततका परिवारलाई समेत आर्थिक सहयोगका लागि अभियान चलाएको हो ।
समाजका महासचिव लक्ष्मीराज तावाका अनुसार बुधबार जिल्लामा स्वास्थ्य सामग्री पठाउने तयारी छ । पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर जिल्लामा अति आवश्यक परेका सामग्रीहरु अक्सिजन कन्सर्नट्रेटर, एन्टीजेन कीट, पल्स अक्सिमिटर पठाउन लागिएको तावाले बताए । उक्त सामग्रीहरुसँगै पीपीइ, मास्क ३० हजार थान, सेनिटाइजरलगायत अन्य स्वास्थ सामाग्री समेत पठाउन लागिएको जानकारी दिए ।
तावाका अनुसार अझै सहयोग रकम प्राप्त भइरहेको बताएका छन् । उनले पाँचथरेली दाजुभाईको जिवन रक्षाका लागि सहयोगी मनहरुलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । उक्त कार्यका समाजले कोभिड–१९ विरुद्धको अभियानको उपसमिति र आर्थिक संकलन अभियानको उपसमिति समेत गठन गरी अभियानलाई अझ प्रभावकारी बनाएको छ । उक्त कार्यका लागि मुल समिति यसअघिनै बनाएर अभियान संचालन गरेको उनले जानकारी दिए ।

सहयोगी मनहरुको नामावली

उपसमितिहरु