जेठ, २० काठमाडौं । नेकपा एकालेका दुवै पक्षले आज आ–आफनै बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली पक्षको स्थायी कमिटी र माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बुधबार स्थगित भएको ओली पक्षको बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ भने नेपाल पक्षको बैठक भने अहिले ११ बजे बस्ने तय भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ को जेठ २ को अवस्थामा फर्कन तयार रहेको भन्दै त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै नेपाल समूहका सांसदले दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेका छन् ।
उता नेता माधव कुमार नेपालले पार्टी मिल्न सक्ने आधार अध्यक्ष ओलीले नै भत्काउँदै लगेको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्नुपर्ने सर्त राखेका छन् ।







