सरकारी वकिललाई मानहानीको मुद्दा लगाउने प्रधानन्यायाधीश जबराको चेतावनी

जेठ,२३ काठमाडौं । संसद विघटनको रिट सुनुवाइका लागि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठन गरेको संवैधानिक इजलासका न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भनी प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानुन व्यवसायीले इजलासमै प्रश्न उठाएको छ ।

तर प्रधानन्यायाधीश जबराले उक्त मुद्दा फिर्ता लिन आग्रह गर्दै भनेका छन् । नभए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहितका कानुन व्यवसायीले अहिलेको इजलासमा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी निवेदन दर्ता गरेका थिए ।

तरप्रधानन्यायाधीशले इजलासप्रति विश्वास गर्नुपर्ने भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरेका हुन् तपाईहरुले इजलासको मर्यादा कायम राख्नुपर्छ ।

‘इजलास प्रतिको विश्वास तपाईहरुको कर्तब्य हो । अहिले जुन निवेदन राख्नुभो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन् । यो निवेर्दन र्फिता लानुस अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु । राणाले सोधे दर्ता गर्ने कि परिणामा भाग्ने ?’ उनले सोधे ।