कोरोनाः थप ६ हजार ९५१ जना सङ्क्रमणमुक्त, ४ हजार ४७२ जनामा पुष्टि

२४ घण्टामा ९२ जना संक्रमितको मृत्यु

जेठ, २४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो २४ घण्टाको हो ।

कुल १७ हजार ९०३ नमुना परीक्षण गर्दा ४ हजार ४७२ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।

तीमध्ये ५ हजार ९०२ एन्टिजन परीक्षण हो जसबाट १ हजार १०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ।

२४ घण्टाको अवधिमा अवधिमा थप ६ हजार ९५१ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ।