जेठ, २६ काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले एमाले एकतामा देखिएको मुल जड खुलाएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै एकताका लागि मुख्य नेतामै समस्या देखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’
उनले लेखेका छन् कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहिं छ । यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।
भट्टराईले विगतमा माधव–झलनाथ पक्षलाई साथ दिदै आएका थिए । तर, पछिल्लो समय एकता जोगाउने भन्दै लागि परेका छन् ।







