जेठ, २७ काठमाडौं । मन्त्रीमण्डमा आज ८ जना मन्त्री थप गरीएको छ । प्रधानमनत्री केपी शर्मा ओलीले आठ जना मन्त्री थप्दै मन्त्रीमण्डललाई पुर्णता दिएका हुन् ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा केहीबेर अघि सात मन्त्री र एक जना राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा एमाले नेता खगराज अधिकारी पाँचौ बरियतामा गृहमन्त्री नियुक्त भएका छन् ।
यसैगरी जसपा नेता राजकिशोर यादव उद्योगमन्त्री, नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, नारादमुनी राना बनमन्त्री, गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भए । यस्तै मोहन बानिया प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आसाकुमारी बिक बन राज्यमन्त्री नियुक्त भए ।
यसअघि १७ सदस्यीय मन्त्रिपरिषदमा आज आठ मन्त्री थप भएसँगै २५ पुगेको छ । नेपालको संबिधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद रहने ब्यवस्था छ ।








