कोरोनाः ५ हजार २९३ जना संक्रमित निको, ३ हजार ७४९ जना नायाँ कोरोना संक्रमित

५९ जना संक्रमितको निधन

जेठ, २७ काठमाडौं । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार थप ३ हजार ७४९ जना नायाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, ५९ जना संक्रमितको निधन भएको छ भने आज ५ हजार २९३ जना संक्रमित निको भएका छन्।