आज सबै प्रदेशमा बजेट भाषण

असार, १ काठमाडौं । कोरोना रोकथामलाई प्राथमिकतमा राखेर देशभरका सबै प्रदेशमा आज बजेट भाषण हुदैछ ।

प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।

आज प्रदेश १ र वागमतीमा दिउँसो तीन बजे बजेट भाषण हुनेछ । प्रदेश २, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे बजेट भाषणको तयारी छ । बजेट भाषणअघि गण्डकी र कर्णालीमा आजै नीति तथा कार्यक्रममाथि मतदान पनि हुने कार्यक्रम छ ।