मन्त्रीपरिषदमा गएन कुलमान नियुक्तिको प्रस्ताव

भदौ २९, काठमाडौं ।
विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने सम्बन्धी प्रस्ताव मन्त्रीपरिषद बैठकमा पेश भएको छैन । उर्जामन्त्री वर्षमान पुनले यस्तो कुनै प्रस्ताव बैठकमा पेश नगरेको बताइएको छ ।

पछिल्लोपटक उनको सचिवालयले घिसिङको नियुक्तिका विषयमा सकारात्मक रहेको र मन्त्रीपरिषदमार्फत निर्णय गरिने बताउँदै आएका थिए । मन्त्री पुन आफैले पनि उनको पुनर्नियुक्तिको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिँदै आएका छन् ।

तर सोमबारको बैठकमा भने यस विषयले प्रवेश पाएको छैन । मन्त्रीनिकट स्रोतका अनुसार यस विषयमा अझै पनि दलहरूबीच कुरा मिलिसकेको छैन ।