खनालको स्वास्थ्य अवस्था सामान्य नभएपछि थप उपचारका लागि नयाँदिल्ली लगिने

असार, २ काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य नभएपछि थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।

उनलाई आज बुधवार दिउँसो १२ः३० बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

दिल्लीमा खनालको एपोलो अस्पतालमा हुने सचिवालयले जनाएको छ ।