असार, ३ काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । दिउसो २ बजे बैठकमा १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरको विषयमा भएको प्रस्तावित कार्यतालिका अनुमोदन गर्ने कार्यतालिका रहेको छ ।
गत जेठ २९ गते बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीका आसन्न महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गर्नका लागि आजको बैठक आह्वान गरिएको बताइएको छ ।
‘आजको बैठकमा मुख्यमत २९ गतेको पदाधिकारी बैठकबाट प्रस्तावित महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने बताइएको छ । । साथै आजको बैठकमा वर्तमान राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल हुने कार्यक्रम तय भएको छ ।







