असार, ४ गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वसको मत लिदै छन । विश्वासको मत प्रायोजनका लागी शुक्रवार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
४ दलको गठबन्धनबाट २९ गते मुख्यमन्त्रीमा पोखरेल नियुक्त थिए । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन । उनले विश्वासको मत लिएपश्चात मात्र मन्त्रीमण्डक बिस्तार गर्ने भन्दै बजेट माथिको छलफल पनि गरेका छैेनन ।
विश्वासको मत लिए पछि मात्र मन्त्रीमण्डल बिस्तार गर्ने भन्दै पोखरेलले बजेट माथिको छलफल समेत त्यसपछि गर्ने जनाएका छन् ।







