कोरोना संक्रमणबाट १० दिनकी सुत्केरीको निधन

असार, ८ पाँचथर । जिल्लाको कुम्मायक गाँउपालिकाकी १० दिनकी सुत्केरीको कोरोना संक्रमणबाट निधन भएको छ । २५ वर्षिय उनको आज विहान निधन भएको झापाको विर्तासिटी अस्पतालमा निधन भएको हो ।

असार ४ गते पाँचथर अस्पतालमा एन्टिजेन विधिवाट परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । अवस्था जटिल वन्दै गएपछि झापा स्थित विर्तासिटी अस्पतालमा लगिएको थियो ।

उनका श्रीमान र बच्चामा समेत कोरोना पुष्टि भएको छ ।
यद्धपी उनीहरुको अवस्था भने सामान्य रहेको छ । मृृतकको शव आजै नेपाली सेनाको टोलीले झापामा व्यवस्थापन गर्ने कुम्मायक गाउँपालिका अध्यक्ष जयवहादुर चेमजोङले जानकारी दिए ।