कोरोनाः पाँचथरमा दुई दिनमा तीन व्यवसायीको निधन

असार, १० फिदिम । पाँचथरमा कोरोना संक्रमणबाट दुई दिनमा तीन जना व्यवसायीको निधन भएको छ ।
बुधबार विहान फिदिममा व्यवसाय सञ्चालन गरीरहेका ५९ वर्षका पुरुषको निधन भएको छ ।

उनमा केहीदिन अघि संक्रमण पुष्टि भएको थियो । उनलाई जेठ २७ गते जिल्ला अस्पताल पाँचथरका भर्ना गरीएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि झापाको विर्तासिटी अस्पतालमा उपचारका लगिएको थियो । उपचारका क्रममा उनको बुधबार निधन भएको हो ।


त्यस्तै आज विहान एक महिला र एक पुरुषको निधन भएको छ । आज विहान फिदिममै व्यवसाय सञ्चालन गर्दै आएकी ४४ वर्षिय एक महिलाको निधन भएको छ । उनमा पनि केहिदिन अघि कोरोना पुष्टि भएको हो । उनलाई जेठ ३१ गते जिल्ला अस्पताल पाँचथरका भर्ना गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनको पनि थप उपचारका लागि उनलाई विर्तासिटी अस्पताल लगिएको थियो । उनको पनि आज विहान निधन भएको छ ।

त्यस्तै आज विहाननै फिदिममै लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका ५० वर्षिय पुरुषको झापाकै वि एण्ड सी अस्पतालमा निधन भएको छ । उनलाई कोरोना पुष्टि भएसँगै स्वास्थमा समस्या भए पछि जेठ १७ गते अस्पताल भर्ना गरिएको थियो ।