असार, १० काठमाडौं । संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । बहसमा देउवाका कानुन व्यवसायीहरुले रास्ट्रपति हिटलर बन्न खोज्या हो ? भन्दै प्रस्न गरेका छन ।
देउवाका कानुन व्यवसायीले यस्तो प्रश्न गरेका छन्
के श्री ५ भन्दा पनि माथी महाराज बन्न खोज्या हो ? बिगतमा राजालाई नभएको अधिकार अहिले छ भन्ने ? राजाले गरेको कार्यमा प्रश्न उठाउन नपाइने ब्यबस्था अन्तरिम संविधानबाट हटाएको होइन ? अहिले कहाँ छ रास्ट्रपतिले गरेको संविधान बिपरितको कार्यमा प्रश्न उठाउन नपाइने भन्ने ?
बास्तवमा हिटलर त्यसै जन्मिने रहेनछ । यस्तै यस्तै गरेर । अध्यादेशबाट शासन चलाउन खोजिराखिएको छ ।
ंं
सर्बसत्ताबाद भन्या यहि हो ।रुक्माङ्गद कटुवालाई मन्त्रिपरिषद्ले कारवाही गर्दा तत्कालिन राष्ट«पति रामवरण यादवले सच्याएका थिए । तर, अहिले मन्त्रिपरिषद्को गलत निर्णय सच्याइएन् । हामिले राजा ज्ञानेन्द्रलाई हटाएर यो ब्यवस्था ल्याएको होइन् ? मैले भने नी हिटलर त्यसै जन्मिने होइन् । उच्च ओहदामा बसेकाहरुको यस्तै ब्यवहारले हिटलर जन्मिने हो ।






