असार, १० काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले देश सञ्चालन राजनीतिबाटै हुने बताएका छन् । फिदिम नगरपालिकाको नवौं नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश सञ्चालन गर्ने दायित्व नै राजनीतिको भएको बताएका हुन्।
उनले जस्तो सुकै परिस्थितिमा पनि मुलुक हाक्ने भनेको राजनीति नै भएको उल्लेख गर्दै मुलुक सञ्चालन गर्न राजनीतिको विकल्प नरहेको बताए ।
उनले नगरपालिकाले ल्याएको बजेट समय सापेक्ष रहेको बताए । पूर्वाधारको क्षेत्रमा फिदिम नगरपालिकाले खासै बजेट विनियोजन गर्नु नपरेको समेत बताए । नगरपालिका क्षेत्रको ठूलाठूला भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा संघिय सरकारले प्रर्याप्त बजेट विनियोजन गरेको छ ।
उनले जनताप्रति सबै जनप्रतिनिधिहरु जवाफदेही हुनु पर्ने समेत बताए । चुनावका समयमा जनता समक्ष गरिएका बाँचाहरु चार वर्षमा नगरपालिकाले उल्लेख्य रुपमा पुरा गरेको विश्वास व्यक्त गरे ।
उनले पाँचथर जिल्लालाई मेडिकल हवको रुपमा विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारको नीति तथा कार्याक्रम पाँचथर अस्पताललाई १ सय बेडको बनाउने उल्लेख भइसकेकाले चौविसै घण्टा सेवा दिन सकिने गरी सबै लाग्न आग्रह गरे।






