उपत्यकामा निषेधाज्ञा थप गर्ने या नगर्ने भन्नेबारेमा निर्णय गर्न आज बैठक बस्दै

असार, १३ काठमाडौं । उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली सकिँदै छ । जारी निषेधाज्ञा थप गर्ने या नगर्ने भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपरान्ह बस्दै छ ।

स्रोतका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ ।

गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ ।