असार, १६ काठमाडौं । संवैधानिक इजलासको जारी बहसमा सहन्यायधिवक्ता गोपाल प्रसाद रिजालले राष्ट्रपतिको निर्णय मानेर चुनाव जानू नै अहिलेको उत्तम निकास भएका तर्क पेश गरेका छन् ।
उनले पेश गरेको तर्क यस्तो छ
७६(३) को प्रधानमन्त्रीले ७६(४) बमोजिम बिश्वासको मत लिदिन भन्नू भयो । राजनीतिक परिस्थिति हेरेर उहाँले निर्णय लिनुभयो । बिश्वासको मत लिन संसदमा जादिन, सरकार गठनको अर्को प्रक्रिया अगाडि बढाउन सिफारिस गरेकै आधारमा ७६(५) दाबी गर्न नपाइने भन्ने रिट निवेदकको भनाई तथ्यपर छैन । सिफारिस गरेपछी सांसद पद गएको होर ? होइन भनेपछी दाबी गर्न मिल्छ । यसमा कुनै दुरासय देखिन्न ।
र प्रधानमन्त्रीमा प्रस्तुत आधार पुगे नपुगेको हेर्ने अधिकार राष्ट्रपतिमामा छ । राष्ट्रपतिले गरेको निर्णय मानेर चुनावमा जानु नै अहिलेको उत्तम निकास हो ।






