असार, २० काठमाडौं । संवैधानिक इजलासमा सभामुखका तर्फबाट बहस जारी छ । बहसमा सभामुखका वकिलसंग प्रधानन्यायाधीश सवाल जवाफ चलेको छ ।
अधिवक्ता मेघराज पोखरेल
७६(२) र ७६(५) मा के फरक छ ? ७६(५) संविधानमा किन थपियो ? यसको सहि ब्याख्या नै अहिलेको मुख्य विषय हो ।
२०७२ सालमा संविधानबनाउदा ७६(५) सुझबुझका साथ राखिएको हो । संविधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमा कटाैती गरिएकाे हाे। ७६(५) मा ह्विप लाग्छ भनेर लेखेकाे छैन।ससदभित्रकाे प्रक्रियामा मात्र ह्विप लाग्ने हाे । याे उपधारामा ह्लिप लाग्न पनि हुदैन । संविधानकाे ब्यवस्था के हाे यही लागू हुनु पर्छ । र पार्लामेन्ट ५ बर्ष चल्ने फिक्स हो ।
पान्या : हामी सवैधानिक अभ्यासमा छाै ।समय अनुसार,सवैधानिक अभ्यास पनि रुपान्तरण हुन्छ ।
पाेखरेल जवाफ : ७६ ले राखेकाे के र हटाएकाे के हाे भन्दा ससद निश्चित अवधी छ त्यही अनुसार पूरा अवधी चलाउनेमा गएका हाै। सविधानले फिक्स टर्म पार्लामेन्ट भनेको छ ।
प्रान्या : संविधान अनुसार सरकार बन्न सकेन भने धारा ७६(७) ले विघटन हुन्छ भनेकाे छ भने किन फिक्स ट्र्म पार्लायनमेनेटमा जानू हुन्छ ?
न्यायाधीश आनन्दमोहन :
७६(५) काे शब्दावली कुरा आयाे उपधारा २ अनुसार भनियाे याे भनेकाे के हाे ?
पोखरेल जवाफ : त्यसमा उपधारा ४ पनि छ । र ७६(५) मा पनि आधार प्रस्तुत गरेमा भनिएकाे छ ।
आनन्द मोहन : उपधारा २ काे सदस्य भनेकाे काे हाेे?
प्रान्या: २ काे र ५ मा भनेकाे प्रतिनिधि सभा सदस्य हाे नि । पाँचमा भनेकाे पनि दलकाे कुरा हाे कि के हाे ? राम्राेसंग वुझाउनुस ?
जवाफ : २ नै हाे भने पाँच किन राख्नु । २ मा दुई भन्दा २ वढि दलकाे भनेकाे हाे । त्याे भन्दा वाहेक त्याे भन्दा माथी उठेर दल भन्दा माथी उठेर आधार पनि दिएर प्रम बनाउन पाउछाै भनेकाे हाे ७६(५) मा ।







