असार, २१ काठमाडौं । संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । आज जवाफी बहसले निरंतरता लागि २ घण्टा २ मिनेट बाकी समय छ ।
जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार नै एक घण्टा जवाफी बहस गरे ।
आज बरिस्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् । अहिले हरिहर दाहाल बहसमा छन् ।
जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् ।
सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई–दुई जना एमिकस क्युरी छनोट गरिएको छ । विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई पठाएको छ ।
नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा पठाएको छ । एमिकस क्युरीका लागी संवैधानिक इजलासले २ घण्टा समय छुट्याएको छ ।
उनीहरुले आधा आधा घण्टाको दरले २ घण्टा समय लिएर राय प्रस्तुत गर्नेछन् ।
वरिष्ठ अधिवक्ता वैद्य नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए। त्यस्तै, वरिष्ठ अधिवक्ता पाठक नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष हुन्।
एमिकस क्युरीले राय प्रस्तुत गरेपछी संवैधानिक इजलासले प्रतिनिधि विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यसका विरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
त्यसमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।







