एमालेको कार्यदल सक्रिय भएसँगै आज पनि कार्यदलको बैठक बस्दै

असार, २२ काठमाडौं । नेकपा (एमाले)लेको कार्यदल अझै सक्रिय बनेको छ । आज पनि कार्यदलको बैठक बस्दै छ । दिउसो १ बजे बैठक बस्ने तयारी छ ।

माधव नेपाल झलनाथ खनाल पक्षीय सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेसँगै निस्क्रिय भएको कार्यदल पुनः सोमवारदेखि सक्रिय भएको हो । कार्यदलको बैठक सोमवार पनि बसेको थियो । सोमवारको बैठकमा आजसम्म भएको छलफलको सम्बन्धमा समिक्षा भएको नेताहरुले बताएका छन् ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

सोमबार बसेको कार्यदलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । आजको बैठकले एमाले एकता थप मजबुद हुने बुझिएको छ ।