कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७१ पुग्यो

३० भदौ, काठमाडौं । बितेका २४ घण्टाको विवरण अनुसार नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । उक्तसंख्यासँगै नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालउले जनाएको छ ।

मृत्यु भएकामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । हिजो नेपालमा कोरोनाको कारण १४ जनाको मृत्यु भएको थियो ।