एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन एजेन्डा

साउन, ३ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका जानकारी दिए ।

बैठक मूलतः पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुने भए पनि हिजो आइतबार प्रतिनिधि सभामा पार्टीको ह्विपविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

ओली पक्षका पनि ८ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए। एमाले सांसदहरू प्रेम आले, हीरा केसी, पार्वती विशंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले प्रधानमन्त्री देउवाका पक्षमा मत हालेका हुन्।