शेर्माद्वारा तीन गाँउपालिकामा स्वास्थ्य सामग्री हस्तान्तर

साउन, ६ पाँचथर । पाँचथरको कुम्मायक २ माङजाबुङ निबासी समाजसेवी गजेन्द्र शेर्माले तीन वटा गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । शेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग गरेका हुन ।

रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहेका शेर्माले कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सो स्वस्थ्य सामग्री बितरण गरेका हुन।

समाजसेबि शेर्माले चार लाख रकमको बराबरको ज्वरो नाप्ने थर्ममिटर र सेनिटाइजर लगायतका स्वस्थ्य सामग्री सहयोग गरेका हुन। गजेन्द्रले पठाएको सामाग्री उनका दाजु घनेन्द्र सेर्मा मार्फत पालिकाका विभिन्न केन्द्रमा बितरण गरिएको हो ।

उनले मिक्लाजुङ गाउपलिकाकाः १र २ का लागि ३५ वटा थर्मलगन, ६ हजार ४ सय पिस सर्जिकल मास्क हस्तान्तरण गरेका छन् । त्यस्तै फाल्गुनन्द गाउँ पालिका वडा नम्बर ६ का लागि ६ ओटा थर्मलगन , ४ हजार ५ सय पिस मास्क वितरण गरेका हुन् । त्यस्तै कुम्मायक गाउँपालिका १का लागि थर्मलगन २४ वटा २ का लागि ३० वटा थरमल गन र ४ हजार ९ सय ९४ पिस सर्जिकल माक्स, ३ का लागि १६ वटा थरमलगन , ४ वडाका लागि १२ वटा थरमलगन, र ५ वडाका लागि १६ वटा थरमलगन गरि १ सय ४७ थरमलगन र १५ हजार ९ सय पिस सर्जिकल माक्स सहयोग गरेका छन् ।

समाजसेबि शेर्माले एक बिज्ञप्ति जारी गर्दै कोरोना कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा थप सहयोग पुगोस भनेर आफुले स्वस्थ्य सामग्री सहयोग गरेको कोरियाबाट शेर्माले जानकारी दिएका छन् । बिगतका केही समयमा पनि ब्यक्तिगत रुपमा कुम्मायक २ मा २ लाख १६ हजार बराबरको स्वस्थ्य सामग्री बितरण गरेको उनले बताए।