भदौ ३१, काठमाडौं ।
नेपालका लागि पाकिस्तानी राजदूतले नेपालका दुवै सदनका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग राजदूत मजार जावेदले भेट गरेका हुन् ।
भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीचको आधा दशक भन्दा लामो सम्बन्धको चर्चा गर्दै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए । राजदूतले नेपाल बसाइका क्रममा संसदबाट भएको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनासँगको भेटमा जावेदले दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे चर्चा भएको थियो । आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाले बधाई दिँदै उनले आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । पाकिस्तानी राजदूतले उनलाई आफ्नो देश भ्रमणको निम्तो दिएका छन् । जावेद आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी नेपाल छाड्न लागेका छन् ।







