युनियन लाइफद्वारा मृत्यु दावी भुक्तानी

फिदिम, १७ साउन । युनियन लाईफ इन्स्योरेन्स फिदिम शाखाले जिल्लाको याङवरक गाउँपालिकाका एक व्यक्तिको मृत्यु दावी भुक्तानी गरेको छ । याङवरक गाउँपालिका १ च्याङथापुका नरबहादुर दर्जी को मृत्यु दावी भुक्तानी गरेको हो ।

दर्जीले २०७७ मंङ्सिर ३० गते पाँच लाखको सावधिक जिवन बिमा गरेका थिए । उनले २७ हजार १९० रुपैँया प्रिमियम बुझाएका थिए । दर्जीको जेठ १९ गते घरमै मृत्यु भएको थियो । विमा गरे अनुसार दर्जीको परिवारलाई पाँच लाख ९ हजार पाँचसय रुपैँया भुक्तान गरिएका युनियन लाईफ इन्स्योरेन्स फिदिम शाखा प्रमुख ओम खतिवडाले बताए ।

उक्त रकम याङवरक गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरेको प्रमुख आतिथ्यमा तथा जिल्ला समन्वय समिति पाँचथरका सदस्य नर बहादुर गुरुङको विशेष आतिथ्यतामा शनिवार मृतक दर्जीको श्रीमती गिता दर्जीलाई दावी भुक्तान गरिएको खतिवडाले जानकारी दिए ।