भदौ ३१, काठमाडौं ।
भारत र चीनबीच रुसमा भएको सहमतिको साता नबित्दै सीमामा गोली चलेको खबर बाहिरिएको छ । तर यो भीडन्त भने रुसमा सहमति हुनु अगावै भएको बताइएको छ ।
भारतले आफ्नो भनी दाबी गरिरहेको लद्दाख क्षेत्रमा झन्डै २ सय राउन्ड गोली चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सीमामा रहेको पेन्गोनत्सो ताल नजिकै उत्तरी किनारमा दुवैतर्फको सीमा सुरक्षाकर्मीले गोली चलाएको एक भारतीय सैनिक अधिकारीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको बताइएको छ ।
यस अघि सेप्टेम्बर ७ मा त्यहाँ गोली चल्दा दुवैपक्षले विज्ञप्ती निकालेका थिए । पछिल्लोपटकको घटनाबारे भने कसैले केही बोलेका छैनन् ।







