डा. केदार कार्की
माइक्रोटोकसीन (ढुसीजन्य बिषाक्ति) शब्द ग्रीक शब्दमा इकस ढुशी तथा ल्याटिन शब्द टोकसिकम बिषाक्ति बाट व्युत्पन भएको मानिन्छ । यिनीहरु विषाक्ति गराउने सुक्ष्म ढुशी बाट उत्पादित हुन्छन् । यिनीहरु विविध बाली बोटविरुवा तथा पशुपंछीको दाना बनाउदा प्रयोग गरिने वनस्पति जन्य सामग्री जस्तै धान मकै गहु धानको दुधे कनीका, बदामको पिना, तीको पिना, सुर्य मुखीको पिना, तोरीको पिना, भटमासको पिना, शरीरमा चयापचय हुन्छ निस्कने सहायक उत्पादको रुपमा मानिन्छ । प्रायतः साना अन्न गहु, सोरगमजौ जै धानहरु ढुशीबाट कम प्रभावित हुने गर्दछन् भने मकै बढि प्रभावित हुन्छ ।
हालसम्म ३÷४ सय जति ढुशीजन्य विषाक्ति पहिचान गरिएको छ तर सबैले पशुपंछिलाई असर गरी रोगी बनाउ दैनन । तर यीमध्ये, एफलाटोकसिन, ओटका टोकसिनफयुमोनिसिन, भोमीटोकसिन, ट्राइको थेसेन, जेरालेनोन, टि टोकसिन जस्ता ढुशीजन्य विषाक्तिले भने पशुपंक्षिको स्वास्थ्य अवस्थामा दिर्ध तथा जीर्ण खाले असर पु¥याउने गर्दछ । यी ढुशीजन्य विषाक्तीहरु खासगरी फयुजारियम एसपरजीलस तथा पेनीसिलियम प्रजातीबाट उत्पत्ति हुन्छन् । फयुजारियमलाई खेतमा बाली नाली तथा बोटविरुवामा संक्रमण गराउने ढुशी मानिन्छ । भने एसपरजीलस तथा पेनीसिलियम प्रजातीलाई बाली विरुवाबाट उत्पादित अन्न तथा दाल तेलहनका गेडाहरु भण्डारन गर्दा संक्रमण गराउने ढुशी मानिन्छन् यस बाहेक यी ढुशीले उपरोक्त अनुशारका सामग्री प्रयोग गरी तयार पारिएको दाना भण्डारन गर्दा समेत प्रदुषित गराउछ ।
एसपरजीलस प्रजातीले उत्पादन गर्ने उफलाटोकसिन सर्वप्रथम ब्राजीलमा उत्पदीत बदामको पिनाका कारण इंगलैण्डमा टर्की प्रजातीमा रोग देखिदा इ.संं. १९६० मा पत्ता लागेको तथ्य भेटिन्छ । त्यसैगरी इ.सं. १९३० देखि नै हिउदमा धानको परालमात्र खुवाएर पालिएको पाकिस्तानका भैसीहरुमा देखिदै आएको डेगनाला रोग फयुजारियम प्रजातीको ढुशीको प्रदुषणका कारण उत्पादित फयुमोनीसिनले गर्दा हुने गरेको इ.सं. १९७३ मा पत्ता लागेको बैज्ञानिक अभिलेख भेटिन्छ ।
माइकोटोकसिन उत्पादनमा सहयोग पु-याउने अवस्थाहरु :
भौतिक बातावरणीय अवस्था :
माइकोटोकसिन उत्पादन जब ढुशीले खेतमा हुर्कदै गरेको बाली विरुवा बाली विरुवा काटने बेला भण्डारन तथा दाना तयार गर्दा प्रशोधनको बेला भौतिक बातावरणीय अवस्था अनुकुल भएको अवस्थामा हुन्छ । माइकोटोकसिन उत्पादनको लागि २५–४० डिग्री सेन्टीग्रेड तापक्रम तथा सापेक्षिक आद्रता तथा चिस्यान १२ डिग्री सेन्टीग्रेड उपयुक्त मानिन्छ ।
किराले लागेको वा खाएको अन्नमा सग्लो अन्नभन्दा ५ देखि ६ गुणा बढि ढुशी जन्य प्रदुषण हुने गर्दछ । भण्डारको दयनिय अवस्था, राम्रो सित बेलैमा भित्रयाउन नसक्दा, अन्न, तेलहन, दलहनजन्य दानाको लागि प्रयोग गरिने सामाग्री ओसारपसार गर्दा बेचविखन गर्दाको बेला माथी उल्लेखित मौसमी अवस्था अनुकुल भयो भने ढुशी प्रदुषणको मात्रा बढ्न सहयोगी हुन्छ । यदि तयारी दाना वा दाना बनाउने सामाग्री राख्ने भण्डार पानी चुहिन सेपीयर बढि ओसीयाइलो हुने खालको रहेछ भने त्यस्तोमा ढुशी चाडै बढेर जाने गर्दछ । बिगतको लामो खडेरी पछि अहिलेको बाढि डुवानले हाल उपलब्ध घास परालदाना बनाउने अन्नप्रभावित छन् ।
दानामा प्रयोग गरिने सामाग्रीको रसायनिक संरचनाको अवस्था :
माइकोटोकसिन उत्पाद नहुने परिघटनामा दाना बनाउन प्रयोग गरिने सामाग्रीको रसायनिक संरचनामा पनि भर पर्दछ । गहु, धान, मकैमा कार्बोहाइड्रेटको मात्रा बढि हुने हुदा यी अन्नमा ढुशिको संक्रमण प्रदुषित बढि हुने गर्दछ । यसको विपरीत भटमास, बदाम, कपासका दानामा कम हुने गर्दछ । जसले गर्दा अन्नवाली र अन्नबाट बनेको दानामा ढुशीजन्य विषादी बढि हुने गर्दछ ।
पशुपंछिमा माइकोटोकसिनको कुप्रभाव :
ढुशीजन्य विषादीले तीन किसिमको बशांनुगत विकृती गराउछ । कारसियोजेनिक, भ्युटोजेनिक, टेराटोजेनिकयसबाहेक, कोशिका जन्य विषाक्ति तथा रोग प्रतिरोध क्षमतामा ह्रास गराउदछ । ढुशीजन्य विषाक्तिले अन्यखाले रोग प्रति ग्रहण शिलता पनि बढाउछ । कोचकोच गरी पाल्ने हावाको दोहोरो निकाश राम्रो नभएको, अमोनियाको मात्रा बढि भएकोले, लाक्षणिक अवस्था नभएको रोगको उपस्थिती तथा कुपोषण जस्ता अवस्थाभएको बेलाले माइकोटोकसिन असर बढाउने तथा पशुपंछीको स्वास्थ्य अवस्था जटिल बनाउन मद्दत गर्दछ ।
कुखुरामा देखिने माइकोटोकसिनजनीतकुप्रभावका लक्षण :
खाने अरुचि, दानाको उपभोग घट्ने, तथा मृत्युदर बढि हुने, चल्ला कोरलीने क्षमता कम हुने, पातलो खर जस्तो फुलको खोल हुने, पातलो र नाजुक चाडै फुट्ने फूलको बोक्रा, खुट्टाको तल्लो भागमा गाढा पंहेलो रंग जम्मा हुने जसलाई पेल बर्ड सिन्ड्रोम भनिन्छ, तन्तुको एकात्मकता घटाउनुका साथै सुम्ला पर्ने तथा पांग्राको म्युकस झिल्ली गलेर जाने, रेसपाइरिटोरी अल्कालोसिसका कारण सास फेर्दा क¥याक कुरुक्कगर्ने, शरीरमा ग्लुकोजको अल्पताका कारण राम्ररी खुट्टा टेक्न हिड्न नसक्ने ढलमलीएर हिड्ने, कलेजोमा असर गर्नाले भिटामिन डि को कृयाशिलता घट्ने हुदा क्यालसियमको चयापचयमा असर पर्ने हुदा शरीरको हाडमा उचित खनिज व्यवस्थापन अवरोध हुदा खुट्टा लुला तथा टुटफुट हुने सम्भावना बढ्ने फूलको बोव्र कमजोर हुने फोर्सो, सडेको जस्तो कलेजो हुने तथाबोसो जमेको मात्रा बढि हुने बरसा फावरीसीयम तथा थाइमसको आकार घटेर जाने हुदा कुखुरामा रोग प्रतिरोधक क्षमता दविएर जाने ।
व्यापारीक रुपमा उपलब्ध ककसीडियोस विरुद्ध प्रयोग गरिने औषधिको प्रभावकारीता घटाउने हुदा यस्ता बथानमा ककसीडियोशिसको ग्रहण शिलता तथा मृत्युदर बढेर जान्छ । यस बाहेक, अन्य सरुवातथा सरुवा रोग विरुद्ध प्रयोग गरिने खोप निष्प्रभावी हुने ।
उघार काट्ने पशुमा देखिने ढुशी विषाक्तिजनितकुप्रभावका लक्षणहरु :
ढुशी प्रदुषित दाना आहारा खाएका पशुहरु शारीरिक वृद्धिदर घट्ने कलेजो तथा मृगौला जनित विषाक्ति, प्रजनन कार्यमा असफल मस्तिष्कजन्य विकृतिका लक्षण साथै मृत्युवरण गर्दछन् । बाख्राका छाला तथा मासु जन्य तन्तुमा थोप्ले वा सम्पुर्ण तथा अन्य भित्री अंगमा रक्तश्रावहुने हुदा हिमरहेजीकएनिमिया सिन्ड्रोम बाट ग्रसितहुन पुग्दछन् । बंगुर तथा घोडा प्रजातीमा देखिने ढुशी
बिषाक्तिको कुप्रभावका लक्षण :
बंगुरमा, झाडा पखालालाग्ने, बान्तागर्ने, ख्याउटे हुने, छालामा कत्लाआएको जस्तो हुने आन्द्रामा रक्तश्रावभई हिमरहेजिक सिन्ड्रोम हुने तथा अचानक मृत्यु हुने गर्दछ साथै गर्भपतनहुने, तुहिने, बच्चामाउको गर्भमै मृत्यु भई कुहिएर आउने जस्ता लक्षण देखिन सक्छ ।
घोडा प्रजातिमा ढुशीजन्य बिषाक्तिका लक्षण :
इकवाइनइनसेफालो मलाइसिया, मस्तिष्क थिलथिलो भएर जाने, जसले गर्दा अचानक थरथर काप्ने, पसिना काढ्ने, ढल्ने तथा पेट दुखे जसो गरी खुट्टा बजारने, दात कटकटाउने तथा मृत्यु हुने गर्दछ ।
दाना आहारा तथा घास परालमा हुने ढुशीजन्य बिषाक्ति न्यूनिकरणका उपायहरु ः
ढुशीजन्य बिषाक्तिको दानाउत्पादन गरीने अन्नहरुमा यति जटिल प्रकृयाले प्रदुषण हुन्छ कि दानाबाट यो पूर्णरुपमा हटाउन हालसम्मकुनै पनिप्रभावकारी उपायएवं प्रविधिविकास भइ सकेको अवस्था छैन । यस उसले आजको व्यवसायिक पशुपंछी पालनको एउटै ध्येय यो बिषाक्तिको दानामाहुने प्रदुषणको मात्रा कसरी न्यूनिकरण गर्ने भन्ने मात्र छ । यसकालागिनिम्न तरीकादाना बाट ढुशीजन्य प्रदुषण न्यूनिकरण गर्न अभ्यास गर्न सकिन्छ ।
(१) घाममा सुकाउने : सुर्यको घाममा खुलाहावाको अन्न तथा अन्य जन्य उत्पादन वा तयारी दानालाई सुकाउदा केहि
मात्रा ढुशीजन्य विषाक्ति न्यूनिकरण भएर जान्छ
(२) पोषण जन्य फेर बदल : दाना आहारामा बढि बोसो बढि प्रोटिन (मेथियोनीन) भएको औषधी र कोलीनल्कोराइड
भएको भिटामिन बि कमप्लेक्स दिदा ढुशीजन्य बिषाक्तिको कुप्रभाव क मगर्न उत्साहजनक परिणाम देखाएको पाइन्छ ।
(३) माइकोटोकसिन बाइन्डर : यी अवयवहरुले पशुपंछिहरुको पाचन प्रणालीमा चयापचय हुदाँउत्पन्न ढुशीजन्य बिषाक्तिलाई आफैँ सँग बाधि अन्य पोषक तत्व सँगै रगतमा संचेत नहुन दिदैनन् तथा गोवर बडकुला बिष्टासँगै शरीर बाहिर बिर्सजन गराउछन् जसले गर्दा पशुपंछिको शरीरमा यस बिषाक्तिको कुप्रभाव देखिनपा उदैन । हाइडे«टेड सोडियम कयालसियमअलमिनो सिलीकेट ०.५ देखि १ प्रतिशत दानामा मिसाएर प्रयोग गरिन्छ । यसले दानामा चिस्यान थपिएर बस्ने घटाउछ तथा दाना डल्ला पर्न बाट बचाउछ यसले १० प्रतिशत गोवरमा उत्पन्नहुने अमोनिया पनि आफुमा संग्रहित गर्दछ ।
(४) इस्टेरीफाइड ग्लुकोमान्स : यी जस्टिल ग्लुकोजयीस्टको तन्तुको पर्खालबाट संग्रहित गरिन्छ । यसले एकै पटक धेरै खाले ढुशीजन्य बिषाक्तिहरुलाई आफु सीत बाध्य छ । यिनीहरुमा कलेजोमा अत्याधिक बोसो जम्न गएको बोसो पगाली कलेजोलाई पहिलेकै अवस्थामा पु¥याउने क्षमता पनि हुन्छ भिटामिन खनिज तथा अन्यपोषण तत्वलाई कुनै नकारात्मक असर पु¥याइकनै ।
(५) जैबिक अम्लहरु : एसेटिक, प्रोपायोनिक, फयुमारीक, सोरबीकतथा बेन्ज्वाइकअम्ल तथा यीनको लबराहरु दानामा ढुशीजन्य जीवाणुको विकाश दानामा हुन नदिन प्रयोग गरिन्छ । दानामा यीनको प्रयोगले किरा फट्यांग्रा भन्किने पनि गर्दछ । यिनको प्रयोगले पाचन प्रणालीमा अम्लको मात्रा बढ्ने र पि.एच.कमहुने हुदा ढुशी तथाअन्य जीवाणु त्यस्तो बातावरणमा बाच्न हुर्कन सक्तैनन ।
(६) एन्टीअकसीडेन्टको प्रयोग : ढुशी जन्य विषाक्तिका कारण कलेजोका तन्तुहरुमा हुने ओकसीडेटिभ परिवर्तित अवस्थालाई सेलेनियमयुक्त एन्टी अकसीडेन्टको प्रयोगले रोकथाम गर्न सकिन्छ ।
(७) जडिबुटिजन्य औषधिको प्रयोग : धेरै खाले जडिबुटी तथा मसाला जन्य बोटविरुवाका विभिन्न भागबाट निकालिएका अवयवहरुको प्रयोगबाट कलेजो ढुशीजन्य विषाक्ति हुन पुगेमा पुर्नस्थापना गर्न सकिन्छ ।
(८) प्रोवायोटिकको प्रयोग : ल्याकटो व्यासीलस एसीडो फिलस, ल्याक्टो क्यासीलस ल्पान्टारफ युक्त प्रोबायोटिक प्रयोग बाट पनि ढुशीजन्य विषाक्तिको कुप्रभाव न्यूनीकरण गर्न सकिन्छ ।
ढुशी तथा ढुशीजन्य विषाक्तिको कुप्रभावको रोकथामतथा नियन्त्रण :
ढुशीको सर्वव्यापी उपस्थिती तथा ढुशी जनित विषाक्तिहरुको रसायनिक संरचनाले गर्दा ढुशी तथा ढुशी जन्य विषाक्तिको प्रदुषण दानाको लागि प्रयोग गरिने अन्न तथा दानामा नियन्त्रण गर्न सजिलो देखिन्न खेतको बाली नालीमा, बाली भित्रयाउने बेला, भण्डारण तथा दाना तयार गर्ने बेलाबोट विरुवातथा तीनबाट उत्पादित अन्नमा ढुशीको विकास हुन दिनु हुदैन र राम्रो सित हावाको दोहोरो निकाश भएको ठाउमा भण्डारण गरीएको किराले नखाएको कालो निलो कुनै दागन भएको अन्नदानाको लागि छनौट गर्नु उचित हुन्छ साथै फयुमिगेशन गर्नु पर्छ ।
मानवश्रम, औजार तथा विद्युतिय औजार प्रयोग गरी प्रदुषित अन्नहरु दानातयार गर्न अघि छुट्याउनु पर्छ । आफ्नो उत्पादनदिगो राख्न उचित खालको टोकसिन बाइन्डर उचित समय र मात्रामा प्रयोग गर्ने दाना बनाउदा भण्डारण गर्दा तथा दाना खानदिने बेला ।
अन्तमा :
कुनै पनि प्रकारको पशु तथा पंक्षि पालन व्यवसाय दिगो हुनको लागि गुणस्तरीय जसले पूर्ण पोषण उपलब्ध गराउन सक्ने हुनु आवश्यक छ । खाद्य सुरक्षाको कुनै चुनौती ढुशीजन्य बिषाक्ति को प्रदुषणले आर्थिक सवलता साधन पशु पंक्षिपालनमा प्रभावपार्न सक्छ ।
बिषाक्ति गराउने भएको हुनाले माइकोटोकसिनको प्रभावमा पशुपंछिहरु विविध अन्य खाले रोगहरु प्रति अति ग्रहणशिल हुन पुग्दछन् । प्रभावित पशु पंक्षिको उपचार कुनै अर्थ राख्दैन र यसरी ढुशीजन्य विषाक्ति प्रदुषित दाना पूर्ण बदलिनु बुद्धिमानी हुन्छ ।
तसर्थ ढुशीजन्य विषाक्तिको पशु पंक्षिमा हुने कुप्रभावलाई ध्यानमन नगर्दै दानाको लागि आवश्यक सामाग्री खरिद गर्दा भण्डारण गर्दा उचित रोकथामका उपाय अवलम्बन गरीएमा मात्र प्रभावकारी तथा सुरक्षित पशु पंक्षि जन्य उत्पादनको अपेक्षा गर्न सकिने छ । विगतको लामो खडेरी पछि हालको बाढि डुवानका कारण घास पराल तथा डाले घास तथा दाना बनाउन प्रयोग गरिने अन्न प्रभावित भएकाले पशुपंछिहरुमा ढुशीजन्य विषाक्तिजनित विषाक्तिले कुप्रभाव देखिने सम्भावना बढेर गएको छ ।
त्यसतर्फ आवश्यक रोकथाम नियन्त्रण तथा उपचार प्रति सजगता अपनाउनु पर्ने आवश्कता देखिन्छ । (लेकख ः एम.भि.एस्सी प्रिभेन्टीम मेट मेडिसिन सेन्ट्रल लुजोम स्टेट युनीभर सिटि फिलिपिन्स)







