साउन, २६ काठमाडौं । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले सत्तारुढ नेपाली कांग्रेसलाई कुइराको काग भएको टिप्पणी गरेका छन् । साथै माओवादी केन्द्र बैशाखीको खोजीमा रहेको उनको टिप्पणी छ ।
मंगलबार राष्ट्रिय सभामा विशेषमा बोल्दै नेता भट्टराईले सत्तारुढ गठबन्धमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रको विषयमा टिप्पणी गरेका हुन् ।
‘कांग्रेस असाध्धै दयनीय स्थितिमा छ । सरकारमा छँदा बलियो भएको हो कि भन्ने लाग्न सक्छ । बिचारधाराको हिसावले कांग्रेस मृत्युप्राय भइसकेको छ । बिपी संगसंगै उसको नीति सकिएको छ’ भट्टराईले भने ।
लिपुलेक, कालापानी हाम्रो हो भन्न नसकेको समस्या ठानिएको उल्लेख गर्दै उनले भने, ‘यो सरकारले त्यो विषयमा केही गर्न सक्दैन । मान्छे दिन दहाडै मान्छे मारिन्छ कांग्रेस बोल्न सक्दैन’
एमाले नेता भट्टराईले थपे, ‘कांग्रेस कुइरोकोे काग भएको छ । माओवादी बैशाखीको खोजीम छ । माओवादीका साथीहरुले समिक्षा गरे हुन्छ, कहिले एमालेको पछि लागेर कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्नुपरेको छ ।’
तर, एमाले अध्यक्ष केपी ओली राजनेता ठहरिएको उनको दाबी छ ।
केपी ओली सिंहदरवार, वालुवाटार छोडेर बालकोट जानुभएको छ । तर, सदनमा आउँदा उहाँकै चर्चा सुनिन्छ । र सरकार बनिराखेको छैन । यसको पछाडि पनि केपी ओलीकै फोबिया छ कि जस्तो लाग्छ । र सडकमा पनि आश लागेको नेतालाई गुटबन्दीबाट हटाउने काम भयो भन्ने छ’ उनले भने, ‘राजनेता भनेको के होला ? भन्ने लाग्थ्यो । राजनेता भएपछि राजनीति उसकै वरीपरी घुम्दो रहेछ । सडक, सदन र सरकार सबै उसको गाइडेन्समा हिड्नुपर्ने हुँदो रहेछ ।’







