भदौ ३१, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा राजधानीमा प्रदर्शन भएको छ । बुधबार बिहान जोरपाटी र बालाजुमा प्रदर्शन भएको हो ।
उनलाई पुनः नियुक्ति गरिनुपर्ने माग सहित ती प्रदर्शन भएका हुन् । जोरपाटीमा स्थानीय युवाहरूले र बालाजुमा स्वतन्त्र नागरिक समुहले प्रदर्शन गरेको छ । सरकारले घिसिङसँग न्याय नगरेको भन्दै उपस्थित भीडले नाराबाजी समेत गरेको थियो ।
राष्ट्रिय झन्डासहित उपस्थित भीडले उनको पुनः नियुक्तिमा सरकारले आलटाल गरिरहेकाले सरकार विरुद्ध प्रदर्शन गरेको बताएका छन् । लोडसेडिङ हटाउन र प्राधिकरणलाई नाफामा पुर्याउन उनले योगदान गरेको भन्दै उनलाई नै दोस्रो कार्यकालको लागि नियुक्ति दिनुपर्ने उनीहरूको माग छ ।






