भदौ, २ काठमाडौं । लामो समयको विवाद पछि नेकपा (एमाले) अन्नत फुटेको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो । नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) गठन गर्न लागिएको छ ।
नयाँ दल दर्ताको निवेदन लिएर नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । २४ वर्षपछि एमाले औपचारीक रुपमा विभाज भएको छ । ०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले गठन भएको थियो । एमालेका अध्यक्षसँगको लामो टकराव पछि नेपालले पाटी फुटाएका हुन् ।
तर, केपी ओलीसँग विमति राख्दै लामो समयसम्म माधव नेपाललाई साथ दिएका हस्तीहरुले आजबाट औपचारिक रुपमा साथ छाडेका छन । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरू पार्टी विभाजनको निर्णयमा असहमत भई साथ छाडनु भएको हो ।
भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले विभाजनमा साथ दिन नसकिने बताएका छन् ।







