कोरोनाः वितेका २४ घण्टामा ३ हजार ४२ कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु

भदौ, ४ काठमाडौं । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ६४७ पुगेको छ। त्यस्तै वितेका २४ घण्टामा २६ जनाको ज्यान गएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।

थप १० हजार ५३० जनाको पीसीआर परीक्षण तथा सात हजार १२४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट दुई हजार ७९ तथा एन्टिजेनबाट ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालसम्म छ लाख ९३ हजार ५४३ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४४ सङ्क्रमित निको भएर घर फर्किएका छन्। निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३०९ रहेको छ।

बितेका २४ घण्टमा देशभर एक लाख ८० हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७१४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।