२४ घण्टामा एक हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

भदौ, ८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा बितेका २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २९ हजार ४४३ पुगेको छ।

थप आठ हजार ७०४ जनाको पीसीआर परीक्षण तथा दुई हजार ६२२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट एक हजार ५४८ तथा एन्टिजेनबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालसम्म सात लाख ९७ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२४ सङ्क्रमित निको भएर घर फर्किएका छन्। निको हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३५१ रहेको छ।