एमालेको स्थायी कमिटी बैठक बस्दै

भदौ, ८ काठमाडौं । नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ११ बजे तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् ।

बैठकमा १० बुँदेलाई कार्यान्वयनमा ल्याउनेबारे छलफल हुने बुझिएको छ ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटीका सदस्यहरूबीच छलफल भएको थियो। उक्त छलफलपछि आज बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो।