माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी वाडफाड, प्रवक्ताको जिम्मेवारी महरालाई

भदौ, ९ काठमाडौं । माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी वाडफाड गरेको छ । केन्द्रले पूर्व सभामुखसमेत रहेका कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

माओवादीले महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ।

नेता नारायणकाजी श्रेष्ठलाई भने प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिएको छ। पार्टीको स्कुल विभागको इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल तोकिएका छन्।