ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं ९, भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज ११ बजे पत्रकार सम्मेलन गर्दैछन् । मंगलबार भएको स्थायी कमिटी बैठकका निर्णयहरु स्पस्ट पार्न ११ बजे पत्रकार सम्मेलन आह्वान गरीएको हो ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने पत्रकार सम्मेलनमा असार २७ गते भएको दसबुँदे सहमति कार्यान्वयनसम्बन्धी निर्णयबारे पत्रकारलाई जानकारी दिने तयारी रहेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति कार्यान्वयनको निर्णय गरेको थियो ।

बैठकले केन्द्रदेखि स्थानीय तहसम्म र जनसंगठनका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो । हिजोको बैठकले मंसिर १० देखि १२ गतेसम्म पार्टीको दसौं महाधिवेशन र असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्नेसमेत निर्णय गरेको थियो।